ललितपुर । गोदावरी नगरपालिका आउँदो आइतवारदेखि एक हप्ताका लागि बन्द हुने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले आज सूचना जारी गर्दै नगरपालिकामा दिनानुदिन कोरोना संक्रमित संख्या उच्च दरले बढ्दै गइरहेकाले सो निर्णय गरिएको जानकारी दिए ।
उक्त सूचनामा नेपाल सरकारले अत्यावश्यक सेवा भनी राजपत्रमा प्रकाशन गरेका सेवा मात्र सञ्चालनमा रहने जानकारी दिइएको छ ।
यसैबीच गोदावरीमा आजसम्म कोरोना संक्रमितका कूल सङ्ख्या २८२, डिस्चार्ज भएका १४६, होम आइसोलेसनमा रहेका १२१, अस्पतालमा उपचार भइरहेका ६, नगरपालिकाको बडिखेल आइसोलेशनमा ६ र संक्रमणबाट मृत्यु भएका तीन रहेको नगरपालिकाले जनाएको छ । यही असोज २० गते गोदावरीका नगर प्रमुख गजेन्द्र महर्जन पनि १६ औँ दिनमा कोरोना संक्रमणमुक्त भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया