लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना संक्रमण

रुपन्देही । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सामान्य रुघाखोकी लागेपछि आज उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि मन्त्री केसी होम आइसोलेसनमा बसेको र स्वास्थ्यावस्था सामान्य रहेको मन्त्रीका स्वकीय सचिव पवन कवरले जानकारी दिए ।

मन्त्रीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वकीय सचिव तथा सुरक्षाकर्मीको आजै पिसिआर परीक्षण गरिँदै छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?