काठमााडौं । नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्वअध्यक्ष शहीद शरदकुमार गौचनको तेस्रो स्मृति दिवसको अवसरमा महासङ्घ प्राङ्गण अनामनगरमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ ।
सभामा नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्व गौचनले निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाको स्मरण गरिएको थियो । कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण स्वस्थ्य मापदण्डलाई पालना गर्दै गौचन स्मृति दिवसलाई निरन्तरता दिइएको महासचिव रोशन दाहालले बताए ।
आगामी वर्षमा भने स्व गौचनको सम्झनामा बृहतरुपमा कार्यक्रम गरिने जनाइएको छ । निर्माण व्यवसायीमाथि अहिले पनि सुरक्षा खतरा रहेको भन्दै उनले व्यवसायीको सुरक्षाका लागि महासङ्घले ठोस पहल गर्नुपर्ने बताउनुभयो । यसअघि महासङ्घ परिसरमा रहेको स्व गौचनको अर्धकदको शालिकमा अध्यक्ष रवि सिंह सहित गौचनकी धर्मपत्नी आशा गौचन, महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने तथा पदाधिकारी, सदस्य र महासङ्घका कर्मचारीले माल्र्यापण गरेका थिए ।
यसैबीच जिल्ला निर्माण व्यवसायी सङ्घले पनि गौचनको स्मृतिमा विविध कार्यक्रम गरेका छन् । गौचनको विसं २०७४ असोज २३ गते नयाँ बानेश्वरस्थित आफ्नो निवासबाट अनामनगरस्थित महासङ्घ कार्यालय आउने क्रममा निवास नजिकै आपराधिक समूहबाट गोली हानी हत्या भएको थियो । सरकारले गौचनलाई निर्माण क्षेत्रका शहीदका रुपमा घोषणा गरेको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया