विश्‍व खाद्यान्‍न कार्यक्रमलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्‍व खाद्यान्‍न कार्यक्रमलाई प्रदान गरिने भएको छ ।

विश्वमा भोकमरीविरुद्धको लडाइँमा यस कार्यक्रमको निरन्तर प्रयासका लागि नोबेल शान्ति पुरस्कारले सम्मानित गर्न लागिएको कमिटिले जनाएको छ ।

उक्त कार्यक्रमले एक वर्षमा विश्वका ९ करोड भन्दा बढी मानिसलाई खानेकुरा प्रदान गर्ने गरेको छ ।

नोबेल कमिटिका अनुसार विशेषगरी युद्धग्रस्त क्षेत्रमा जारी भयावह अवस्थासँग लड्दै यसले भोकमरीलाई हतियारका रुपमा प्रयोग हुनबाट जोगाउन उल्लेखनीय भूमिका खेल्दै आएको छ ।

हाल जारी कोरोना महामारीले पनि खाद्य आपूर्तिलाई प्रभाव पारिरहेको अवस्थामा भोकमरी निम्तिन नदिनु वास्तवमै भ्याक्सिन जत्तिकै ठूलो योगदान भएको नर्वेजियन नोबेल कमिटीकी प्रमुख बेरित रइस एन्डर्सनले अवार्डबारे घोषणा गर्दै गर्दा भनेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?