ओली प्रचण्डबीच आजपनि भेटघाट, मन्त्रिमण्डल पुनर्गठनबारे छलफल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच भेटघाट भएको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेको स्रोतले जनाएको छ ।

अध्यक्षद्वयबीच आजको छलफलमा रिक्त मन्त्रि नियुक्तीबारे छलफल हुने स्रोतले जनाएको छ । यसअघि बिहीवार पनि अध्यक्षद्वयबीच भेटघाट र छलफल भएको थियो । बिहीवारको भेटघाटमा दशैँ अघि नै मन्त्रिमण्डल पुनर्गठनको काम सक्ने संकेत देखिएको थियो ।

पार्टी एकीकरणको बाँकी काम सम्पन्न गर्ने, रिक्त ३ मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

पछिल्लो समय अध्यक्षद्वयबीच भेटघाट बढिरहेको छ । तर कुनै ठोस निष्कर्ष भने निस्किन सकेको छैन् । मन्त्रिमण्डल पुनर्गठनका विषयमा प्रधानमन्त्री ओली केहीलाई हटाउने पक्षमा रहेका छन् भने अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बाहेक ‘सेट’ नै फेर्ने पक्षमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?