कांग्रेसले पार्टीको ह्वीप उल्लंघन गर्ने सांसदलाई ‘सामान्य नसिहत’ मात्रै दिने

काठमाडौं । नेपाली कांग्रेसले तत्कालिन प्रदेश नं ५ को राजधानीको विषयमा पार्टीको ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई ‘सामान्य’ नसिहत मात्र दिने भएको छ ।

गत असोज २० गते प्रदेश सभामा प्रस्तावित गरिएको प्रदेशको राजधानी दाङको देउखुरी बनाउने विपक्षमा मतदान गर्ने ५ सांसदहरुलाई सामान्य नसिहत मात्रै दिने कांग्रेस निकट स्रोतले जनाएको छ ।

प्रदेश सभाको मतदान प्रक्रियामा प्रदेशसभा सदस्यहरु भुवनेश्वर चौधरी, मोहम्मद याकुव अन्सारी, शंकर गिरी, डिल्ली चौधरी र अर्जुन श्रेष्ठले दाङको पक्षमा मतदान गरेका थिए । उनीहरुले प्रदेशसभा संसदीय दलले सरकारको प्रस्तावको विपक्षमा मतदानका लागि लगाएको ह्‌विप उल्लंघन गर्दै स्वविवेक प्रयोग गरेकाले पार्टीले उक्त निर्णय गरेको हो ।

सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेपनि भेगीय, क्षेत्रिय लगायतका बाध्यताहरु रहेका कारण सामान्य नसिहत दिने प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले जनाकारी दिए । त्यस्तै उक्त उल्लंघन प्रायोजित नभएको पनि उनले स्पष्ट पारे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?