म्याड्रिड, २ चैत-बार्सिलोनका प्लेमेकर लियोनल मेसीले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा सय गोल पूरा गरेका छन् ।च्याम्पियन्स लिगमा सय गोल पूरा गर्ने मेसी दोस्रो खेलाडी हुन् । यसअघि रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सय गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।मेसीले बुधबार राति चेल्सीविरुद्ध अन्तिम १६ को दोस्रो लेगमा दुई गोल गर्दै सय गोलको कोसेढुंगा पार गरेका हुन् ।मेसीकै दुई गोलको सहयोगमा बार्सिलोनाले समग्रमा चेल्सीलाई ४–१ ले हराउँदै क्वार्टरफाइनल स्थान पक्का गरेको छ । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो, नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया