बाइकटको डरले लक्ष्मी बम्बको ट्रेलरमा लाइक र डिस्लाईकको अप्सन गायब !

काठमाडौं । बलिउड सुपर स्टार अक्षय कुमारको नयाँ चलचित्र लक्ष्मी बम्बको ट्रेलर रिलिज भएको छ ।

३ मिनेट भन्दा पनि लामो यो ट्रेलरमा फ्यान्सहरुले पोजेटिभ प्रतिक्रिया दिएका छन् ।

यस फिल्ममा अक्षय कुमार पहिलो पटक ट्रान्सजेन्डरको पात्रमा अभिनय गरेका छन् ।

फिल्म मेकर्सले भने दर्शकले फिल्म राम्रोसँग मन पराउने आश गरेका छन् ।

फिल्म बाइकट गर्ने होड चलेपछि यो फिल्मको ट्रेलरमा लाइक र डिस्लाइकको अप्शन हटाइएको छ ।

फिल्म चल्न भन्दा अगाडि नै बाइकट गर्ने बताएपछि यी अप्शन हटाइएको हो ।

अभिनेता अक्षय कुमारले बलिउडमा ड्रग्सको समस्या भएको तर सबै मानिस त्यसमा सम्मिलित नभएको बताएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?