डब्ल्यूएचओको ‘कोभ्याक्स’ योजनामा चीन सहभागी बन्ने

काठमाडौं । कोरोना भाइरस ‘कोभिड १९’ विरुद्धको खोप निष्पक्ष रुपमा साझेदारी गर्न चीन डब्लूएचओले नेतृत्व गरिरहेको कोभ्याक्स योजनामा आवद्ध हुने भएको छ।

बिहवार चीनका विदेशमन्त्री वाङ यीले गाभी नामको भ्याक्सीन गठबन्धसँग सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । गाभीले डब्लूएचओसँग मिलेर कोभ्याक्स योजनाको सह–नेतृत्व गरिरहेको बताएको छ।

‘चीनले विकास गरेको खोप विश्वभरका देशलाई प्रदान गरिनेछ। सार्वजनिक हितको लागि हामी प्रतिज्ञा गर्दछौं। विकासोन्मुख देश यो योजनाको प्राथमिकतामा पर्नेछ।’ चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले भनेकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?