काठमाडौं । अनसनरत डा गोविन्द केसीसँग र सरकारी वार्ता टोलीबीच आजको छलफल अनिश्चत जस्तै बनेको छ । बिहीवार बसेको दुवै पक्षबीचको वार्ता सहमती नजिक पुगेपनि आज पुनः बैठक बस्न सकेको छैन् ।
डा केसी निकट स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । तर सरकारी टोलीले वार्ताको लागि तादरुकता देखाएको छैन् । अपरान्ह ४ बजेसम्म पनि वार्ता नभएर आन्दोलनमा जाने केसी पक्षले चेतावनी दिएको छ ।
आज बिहानैदेखि डा केसीको स्वास प्रश्वासमा समेत समस्या आइरहेको छ । शरिरमा अक्सिजनको मात्रा घट्दै गएको र निमोनियाँको लक्ष्यण देखिएको चिकित्सकहरुले बताएका छन् । डा केसीको उपचारमा खटिएका चिकित्सकहरुका अनुसार थप परीक्षण हुँदै र आज छातीको सिटी स्क्यान गरिन लागेको छ ।
अनसनरत डा केसी लामो समयदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका छन् । उनको यो १९ औँ अनसन हो । गत भदौ २९ गते जुम्लाबाट अनसन शुरु गरेका केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइएको थियो । उनको माग सम्बोधनका लागि सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव डा गोपीनाथ मैनाली र केसी पक्षबाट डा जीवन बहादुर क्षेत्रीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया