रोहिंग्या शरणार्थी शिविरमा झडप हुँदा ८ जनाको मृत्यु

काठमाडौं । बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा झडप हुँदा ८ जनाको मृत्यु भएको छ ।

शिविरमा दुई पक्षको बीचमा भएको झडपमा परेर कम्तिमा आठ जनाको मृत्यु भएको हो ।

प्रहरी तथा मानव अधिकारकर्मीहरुका अनुसार शिविरमा रहेका हतियारधारी आपराधिक समूहको बीचमा भएको झडपका कारण हजारौँ रोहिंग्याहरु विस्थापित भएका छन् । केही दिनयता उक्त शिविरमा हिंसाले गम्भीर रुप लिएको छ ।

अधिकारीहरुका अनुसार बिहीवार गोली हान्ने, आगजनी र अपहरणजस्ता गतिविधिमा संलग्न १२ जनालाई पक्राउ परेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?