सरकारलाई पूर्णता दिने यस्तो छ प्रधानमन्त्रीको तयारी

काठमाडौँ, २ चैत- प्रधानमन्त्री केपी ओलीले दुई दिनभित्रै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । सरकार गठन भएको एक महिनापछि उनले संघीय समाजवादी फोरमलाई समेत समेट्दै सरकारलाई पूर्णता दिन लागेका हुन् ।राष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनपछि सरकारलाई पूर्णता दिने योजना बनेपछि संघीय समाजवादी फोरमसँग राजनीतिक सहमति गर्ने तयारी लम्बिएको थियो ।तर, बिहीबार माओवादी अध्यक्ष प्रचण्डसँग आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गरेका प्रधानमन्त्रीले फोरमलाई समेत समेटेर दुई दिनभित्रै सरकारलाई पूर्णता दिने निष्कर्ष निकालेका हुन् ।अब फोरमसँग निर्णायक वार्ता गरेर सरकार विस्तार गर्ने तयारी छ । माओवादी केन्द्रले पार्टीका तर्फबाट सहभागी हुने पाँचै मन्त्रीको नाम छनोट गरिसकेको छ ।३ फागुनमा प्रधानमन्त्री बनेका ओलीले १४ फागुनमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?