परिवार नियोजन गर्दा आन्द्रा काटियो

धरान, २ चैत- सप्तरीकी एक महिलाको परिवार नियोजनको शल्यक्रिया गर्दा सानो आन्द्रा काटिएको खुलेको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्दा आन्द्रा काटिएकी सप्तरी विष्णुपुर गाउँपालिका-५ की २८ वर्षीया अनुकुमारी यादव तीन सातादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी छन्।परिवार नियोजनको शल्यक्रिया गरेर घर फर्केपछि अनुलाई खानेकुरा खाँदा बान्ता आउने, पेट फुल्ने समस्या भयो। सिकिस्त बिरामी भएपछि फागुन १२ गते पुनः उनलाई सगरमाथा अस्पताल भर्ना गरियो। तर, चिकित्सकले परिवार नियोजन गर्दा यस्तो समस्या आइरहने भन्दै थप उपचारका लागि प्रतिष्ठानमा रेफर गरिदिए। उनलाई फागुन १४ गते धरानस्थित प्रतिष्ठानमा भर्ना गरियो। प्रतिष्ठानमा अनुको भिडियो एक्स-रे गर्दा आन्द्रा काटिएको पत्ता लागेको हो। अन्नपूर्ण पोस्टमा खबर छ |राजविराजस्थित अस्पतालमा आन्द्रा काटिएकी अनुकुमारीको प्रतिष्ठानका चिकित्सक प्राडा चन्द्रशेखर अग्रवाल नेतृत्वको टोलीले फागुन २२ गते पुनः शल्यक्रिया गरेका छन्। अनुको पेटको ‘ल्याप्रोटोमी’ गरी प्वाल परेको आन्द्रा बाहिर निकालेर ‘आइलियोस्टोमी’ गरेका कारण उनी हाल खतरामुक्त रहेको चिकित्सकले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?