साझा पार्टीबाट २ केन्द्रीय सदस्य बाहिरिए

काठमाडौं । साझा पार्टीका दुई केन्द्रीय सदस्यहरुले पार्टीबाट बाहिरिने घोषणा गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्यहरु सिद्धि अर्याल र मानवी पौडेलले पार्टीबाट बाहिरिने घोषणा गरेका हुन् ।

पार्टी छाडेको घोषणा गर्दै अर्यालले भौगोलिक रूपमा हालसँगै नरहेपनि संगठित विकल्पका लागि आफूबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘पुनर्गठित समितिलाई मेरो हृदयदेखी शुभकामना छ१ तपाईंहरुसंग विधिले निर्दिष्ट गर्ने राजनीतिको यात्रामा केन्द्रिय सदस्यका रुपमा थोरै समय काम गर्दा संगालेका अनुभव सदैव मेरा सम्झनामा रहनेछन्।परिस्थितिवश भौगोलिक रूपमा हालसंगै नरहेपनि संगठित विकल्पकालागि मबाट हुन सक्ने सहयोग गरीनै रहनेछु।

त्यस्तै पौडेलले पार्टीको साधारण सदस्यबाट अलग हुने निर्णय गरेको ट्वीट मार्फत जानकारी दिएकी हुन् । उनले पार्टीमा कामगर्दाको अनुभवहरुलाई स्मरण गर्दै सदस्य, सहकर्मी साथिहरू र अग्रज नेताहरू सबैमा सहयोग र मार्गनिर्देशका लागि हार्दिक आभार समेत व्यक्त गरेका छन् ।

उनले भनेकी छिन्, ‘साझा पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्यबाट अलग हुने निर्णय गरेको छु। पार्टीको संस्थापन काल देखिको राजनीतिक यात्रा मेरो जीवनको अविस्मरणीय कालखण्ड रहने छ। पार्टीमा रहँदाका सदस्य, सहकर्मी साथिहरू र अग्रज नेताहरू सबैमा सहयोग र मार्गनिर्देशका लागि हार्दिक आभार व्यक्त गर्दछु।’

त्यस्तै साझा पार्टीले सातै प्रदेश र युवा संगठनबाट ३७ जना थपेर केन्द्रीय समितिलाई पुनर्गठन गरि ६५ सदस्यीय बनाएको छ ।

जसमा धेरै जसो युवाहरु रहेको साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जानकारी दिइका छन् । साथै आफूलाई वैकल्पिक राजनीतिको गुरूत्वशक्ति बनाउने उद्देश्यका साथ पार्टी एकीकरणरध्रुवीकरणको प्रयासमा रहेको पनि मिश्रले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?