परराष्ट्र सचिवमा भरतराज पौडेल नियुक्त

काठमाडौं । नेपाल सरकारको परराष्ट्र सचिवमा भरतराज पौडेल नियुक्त भएका छन् ।

पौडेललाई परराष्ट्र सचिवमा नियुक्त गरिएको परराष्ट मन्त्रालयले जनाएको छ ।

यसअघिका परराष्ट्र सचिव शंकरराज बैरागी मुख्यसचिवमा नियुक्त भएसँगै रिक्त रहेको पदमा उनलाई नियुक्त गरिएको हो ।

बैरागी मुख्यसचिव बनेपछि पौडेल परराष्ट्रको काय निमित्त सचिवको भूमिका निभाएका थिए।

नवनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार ग्रहण गरेका छन् ।

यसअघि उनी परराष्ट्रका प्रवक्ता रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?