चीनलाई अमेरिकाले दियो चेतावनी !

काठमाडौं । ताइवानमाथि आफ्नो अधिकार जमाउन खोजेको भन्दै चीनलाई अमेरिकाले चेतावनी दिएको छ ।

अमेरिकी एनएएस रोबर्ट ओब्रायनले चीनले ठूलो संख्यामा नौसैनिक निर्माण गर्न लागेको बताएका छन् ।

उनले यस्तो तयारी प्रथम विश्वयुद्धभन्दा पहिला बेलायतले शाही नौसेना बनाएको बाहेक त्यसपछि कहिल्यै नदेखेको बताएका छन् ।

सांकेतिक तस्वीर

लस वेगासमा नोभादा यूनिभर्सिटीको एक कार्यक्रममा बोल्दै उनले चीनको उद्देश्य पश्चिमी प्रशान्त महासागरमा कब्जा गर्न र ताइवानमा आफ्नो अधिपत्य जमाउन रहेको बताए ।

उनले चीनले हमला गरेमा अमेरिकाले के गर्छ त्यो भन्न नसकिने भन्दै चेतावनी दिएका हुन् ।

उनले ताइवानलाई आफ्नो सुरक्षाका लागि ताइवान सैन्य रुपमा मजबुत बन्नुपर्ने बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?