काठमाडौं । विगत २६ देखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ ।
डा केसीको स्वास्थ्य थप बिग्रदै गएको चक्कर लाग्ने र अक्सिजन निरन्तर चाहिने भइरहेको र थोरै बोल्दा पनि गार्हो हुने भइरहेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
थप उपचार गर्नुपर्ने भएपनि आज अत्यावश्यक तत्व जाँचको लागी रगत सेम्पल तान्न नसकिएेको समेत सुवेदीले बताए ।
बिहीवार वार्ताको लागि सरकार र डा केसी पक्षबीच बसेको बैठक बिना निष्कर्ष सकिएको थियो । आजको लागि वार्ताको समय निस्चित नभएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सरकारी केसी पक्षबीच दुवैले वार्ता टोली गठन गरिएको छ । बिहीवार दुइपटक सम्म बसेको बैठकले कुनै निष्कर्ष निकाल्न सकेको छैन् । आजको लागि वार्ता हुने वा नहुने भन्ने टुंगो नलागिसकेको सुवेदीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया