काठमाडौं । जनप्रतिनिधिलाई धम्क्याएको अभियोगमा गुण्डानाईके भनेर चिनिने राधे भण्डारी पक्राउ परेका छन् ।
उनलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको हो ।
धादिङको सिद्धलेक गाउँपालिकामा क्रसर सञ्चालन गर्दै आएका भण्डारीले त्यहाँका जनप्रतिधिलाई धम्की दिएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको बालुवा निकाल्ने ठेक्काको म्याद सकिएकाले उनलाई अवैध रुपमा बालुवा ननिकाल्न स्थानीय प्रशासनले बालुवा रोक लगाएको थियो । प्रहरीका अनुसार उनको क्रसर पनि बन्द गराइएको छ ।
विभिन्न घटनामा संलग्नता रहेको भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया