काठमाडौं । आईपीएल २०२० को २२ औँ म्याचमा हिजो सनराइजर्स हैदराबाद र किंग्स इलेभन पञ्जावबीच प्रतिस्पर्द्धा भएको थियो ।
जसमा ब्याट्सम्यानले छक्काको वर्ष गरे । खेल हैदराबादले ६९ रनले जित्यो ।
टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०१ रन बनाएको थियो ।
खेलमा १६ छक्का र २४ चौका प्रहार भएका थिए । जसमा पञ्जावले सात छक्का प्रहार गरेको थियो । यो सबै छक्का निकोलस पुरनले हानेका थिए । उनले १७६बलमै अर्धशतक प्रहार गरे । यो सीजनकै सबैभन्दा कम बलमा अर्धशतक बनाएको रेकर्ड हो । ओभरल रेकर्ड लोकेश राहुलको नाममा छ । उनले १४ बलमा अर्धशतक प्रहार गरेका थिए ।
जसमा जोनी बेयरस्टोले ५५ बलमा ९७ रन प्रहार गरे । जवाफी ब्याटिङ गरेको पञ्जावले १६.५ ओभरमा अल आउट हुँदै मात्र १३२ रन नै बनाउन सक्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया