अमेरिकामा १४ अगस्ट यताकै सबैभन्दा धेरै संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म १० लाख ६६ हजार ८१९ जनाको मृत्यु भएको छ भने ३ करोड ६७ लाख ४४ हजार ३४९ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ७६ लाख ६३ हजार ५५४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६७ हजार ९५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म २ लाख १७ हजार ७३८ जनाको मृत्यु भएको छ भने ७८ लाख ३३ हजार ७६३ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ५० लाख २५ हजार १९३ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ९० हजार ८३२ जना उपचाररत छन् ।

त्यस्तै १४ हजार ६५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १६ हजार ४२८ जनाको मृत्यु भएको छ भने ८ लाख ४५ हजार ७६७ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा अहिलेसम्म १६ हजार ८८६ जनाको मृत्यु भएको छ भने ८ लाख २४ हजार ८१२ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म १५ हजार ७२ जनाको मृत्यु भएको छ भने ७ लाख २६ हजार १३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै अमेरिकामा बिहीवार मात्रै ५६ हजार ६५२ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या १४ अगस्ट यताकै सबैभन्दा धेरै हो । त्यस्तै अमेरिकामा ९५७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?