नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश पौडेल नियुक्त

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को महाप्रबन्धकमा डिमप्रकाश पौडेल नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको बिहीवार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।

उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता समेत रहेका छन् भने पौडेल पेशाले चार्टर्ड अकाउन्टेन्ट हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?