काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बढ्दो महिला हिंसा, हत्या, बलात्कारलगायत अपराधका घटना हुन नदिन सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।
यहाँ आज आयोजित ‘कोभिड–१९ निर्देशक समिति’ को भर्चुअल बैठकमा उनले पाँच वर्षीयासमेत बलात्कृत हुने गरेको घटनाले लज्जाबोध गराएको जनाउँदै त्यस्ता जघन्य घटना हुनै नदिन जागरण अभियान सञ्चालन गरिने जानकारी दिए ।
बैठकमा महिला मन्त्रालयका सचिव यामकुमारी खतिवडाले हरेक स्थानीय तहमा ‘लैगिक हिंसा निवारण कोष’ स्थापना गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया