होम आइसोलेसनमा बस्न समस्या भए ११३३ नम्बरमा फोन गर्नुहोस्

काठमाडौं । कोभिड–१९ अस्पताललाई कोरोनाको रोकथाम र नियन्त्रण गर्नका लागि पूर्ण तयारी साथ राखेको जानकारी सरकारले दिएको छ ।

आकस्मिक सहित सबै सेवा पनि २४ घण्टा खुला गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सामान्य लक्षण र लक्षण विहीन सङ्क्रमितहरुलाई मन्त्रालयले तोकेको मापदण्ड पुरा गरी घरकै आइसोलेसनमा बस्न समेत अनुरोध गरे ।

मन्त्रालयले घरमा बस्न सम्भव नभएमा टोल फ्रि नं ११३३ नम्बरमा सम्पर्क गर्न र स्वास्थ्यमा कुनै समस्या भएका अस्पताल जान आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?