सुब्बाको ‘वनचरी’ सार्वजनिक

काठमाडौं । कलाकार भूमिका सुब्बाको नयाँ गीत ‘वनचरी’ सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलबाट आज गीत सार्वजनिक भएको छ ।

गीतमा एक नारीको जीवनयात्रालाई समेटिएको छ । एउटी छोरीले जन्मदिने आमाप्रति दर्शाउने अगाध प्रेम र माइती गाउँका ‘नोस्टाल्जिया’ गीतमा प्रस्तुत गरिएको गीतकार सुब्बाले बताए। गायिका एलिना चौहानको स्वरमा सजिएको सो गीतमा पछिल्लो समय म्युजिक भिडियोमा रुचाइएका कलाकार लक्ष्मी बर्देवाले अभिनय गर्नुभएको छ । साजन राईको सङ्गीत रहेको सो भिडियोको निर्देशन किरण चाम्लिङ राईले गरेका छन् ।

बिजु कर्मचार्यले संयोजन गरेको सो गीत भर्जिन भ्वाइसको स्टुडियोमा रेकर्ड गरिएको हो । भूपेन्द्र तुम्बाहाङ्फेले छायाङ्कन गरेको भिडियोमा काठमाडौं उपत्यका आसपासका ग्रामीण क्षेत्रका दृष्यसमेत समेटिएको छ ।

सुब्बाका मालिङ्गो सैसै, भूमिका र सङ्गिनी गरी तीन एकल एल्बम तथा आधा दर्जनभन्दा बढी संयुक्त गीतिसङ्ग्रह बजारमा आएका छन् । बाल्यकालबाटै कलामा क्षेत्रमा लागेका जनवादी गायिका सुब्बा पछिल्लो समय गीत लेखनमा समेत लागेका छन् । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?