रुपन्देहीमा कोरोनाबाट वृद्धको मृत्यु

रुपन्देही । यहाँस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचाररत एकजनाको कोरोना भाइरस संक्रमणबाट आज मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिकाका ८० वर्षीय वृद्ध रहेका अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

ती वृद्धमा मधुमेह, दम, ज्वरो र उच्च रक्तचापको समस्या रहेको जनाइएको छ । उनीको बुधवार कोरोना पुष्टि भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?