काठमाडौं । भारतको कटिहारमा एक दर्दनाक घटना भएको छ ।
त्यहाँ मालगडीको रेलको इन्जिनमा अडिकएर एक व्यक्तिको मृत्यु भएको छ ।

उनको शव ट्रेनको इन्जिनमा १.५ किलोमिटरसम्म घिस्रीरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

जब ट्रेन रोकियो तबसम्म उनको कपडामात्र ट्रेनको इन्जिनमा थियो । मृतकको नाम अन्जार आलम रहेको छ । उनी ४३ वर्षको भएको बताइएको छ ।

आत्महत्याको प्रयाश गर्दा उनी ट्रेनको इन्जिनमा फसेको बताइएको छ । घटनाको जानकारी पाएपछि प्रशासनले तत्काल ट्रेन रोक्न लगाएको थियो ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया