कोरोना संक्रमितको संख्या शुन्य रहेका यी २ जिल्ला

काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका २ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका २ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।

कोरोना संक्रमण मुक्त २ जिल्लाहरु

  • मनाङ
  • मुस्ताङ

बितेको २४ घण्टामा नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १८ हजार ४७३ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

नेपालमा बितेको २४ घण्टामा थप २ हजार ६७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । यो कुल संक्रमितको ७२.३ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २६ हजार ६८४ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १४ हजार ९ जना र संस्थागत आईसोलेसनमा ११ हजार ७१७ जना छन् । तिमध्ये २३५ जना संक्रमितको आईसियु र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ४६० जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको हो ।

हिजो (बुधवार) नेपालमा ३ हजार ४३९ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार १२६ जना संक्रमणमुक्त भएका थिए भने १५ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?