काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १८ हजार ४७३ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार नेपालका ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ७ जिल्ला
- काठमाडौं
- भक्तपुर
- ललितपुर
- मोरङ
- चितवन
- रुपन्देही
- सुनसरी
नेपालमा बितेको २४ घण्टामा थप २ हजार ६७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । यो कुल संक्रमितको ७२.३ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २६ हजार ६८४ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १४ हजार ९ जना र संस्थागत आईसोलेसनमा ११ हजार ७१७ जना छन् । तिमध्ये २३५ जना संक्रमितको आईसियु र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ४६० जना रहेका छन् । डाक्टर गौतमका अनुसार मनाङ र मुस्ताङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको हो ।
हिजो (बुधवार) नेपालमा ३ हजार ४३९ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार १२६ जना संक्रमणमुक्त भएका थिए भने १५ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया