प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जना पक्राउ

काठमाडौं । ललितपुरमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-१५ चापागाउँ दोबाटोबाट डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने रामेछाप मन्थली नगरपालिका-१३ घर भएका ३० वर्षीय अभिजोल काफ्ले समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ट्राफिक प्रहरी कार्यालय सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरु सवार बा ९३ प ६२८ नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजे पश्चात उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?