७ वर्षीया बालिकालाई जबरजस्ती गर्ने पक्राउ

काठमाडौं । ७ वर्षीया बालिकालाई जबरजस्ती गर्ने पक्राउ परेका छन् ।  ७ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ महादेवस्थान बस्ने दाङ घोराही नगरपालिका-४ घर भएका ४३ वर्षीय दुर्गा पौडेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त बानेश्‍वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?