काठमाडौं । अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै पाटनमा प्रदर्शन भएको छ ।
बिहीवार दिउँसो सोलिडारिटी फर डा केसी अलायन्सले डा केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन गरेको हो।
विभिन्न ६ बुँदे मागसहित विगत २५ दिनदेखि डा केसी अनसन बसिरहेका छन् । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बुधवार सरकार र केसी पक्षबाट वार्ता टोली गठन गरि आज छलफल भइरहेको छ ।
प्रदर्शनकारीहरुले ‘जनता माग्छ अस्पताल, सरकार दिन्छ भ्यूटावर’, ‘गोविन्द केसीको माग पुरा गर, गोविन्द केसीको जीवन रक्षा गर’ लगायतका नाराहरु लेखिएको पम्पलेटहरु लिएका छन् ।
सरकारसँग वार्ता गर्नका लागि डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरिएको थियो । टोलीमा डा अञ्जली कुमार झा, डा लोचन कार्की र ओम प्रकाश अर्याल रहेका छन् ।
त्यस्तै सरकारी पक्षबाट शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरि वार्ता गरिएको थियो। सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सह-सचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलीप शर्मा रहेका छन् ।
पछिल्लो समय देशभर डा केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया