काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पार्दै ४८ लाख ९८ हजार ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका ९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राई रहेका छन् ।
उनलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।
उक्त नगद ठगी गरी फरार भएका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सुनसरीबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई आवश्यक कारवाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया