आज दिउँसो ४ बजेसम्म यी ठाउँमा जाँदैछ बत्ती

काठमाडौं । आज काठमाडौंको केहि स्थानमा बत्ती जाने भएको छ ।

बालाजु र कुलेश्वर वितरण केन्द्रका विभिन्न स्थानमा २ घण्टा बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका बिहीबार दिउँसो २ बजेदेखि ४ बजेसम्म ती स्थानमा बत्ती काट्न लागेको हो ।

जसमा बालाजु वितरण केन्द्रअन्तर्गत ढुङ्गेधारा तथा गोलढुङ्गा फिडर र कुलेश्वर वितरण केन्द्रको स्वयम्भु फिडरमा बिहीबार २ घण्टा बत्ती काटिनेछ ।

प्राधिकरणका अनुसार रिङरोड विस्तार कार्यक्रम अन्तर्गत एचटी लाइन तथा पोल सार्ने काम भइरहेकाले सो अवधिमा लाइन सटडाउन हुन लागेको हो।

त्यस अवधिभर ढुङ्गेधारा, वनस्थली, फुलबारी गेट, नागार्जुन, स्वयम्भु मन्दिर क्षेत्रलगायतका स्थानमा बत्ती काटिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?