काठमाडौं । भाडामा बस्दै आएको बागलुङको बडीगाड गाउँपालिकाले आफ्नै प्रशासनिक भवन बनाउन शुरु गरेको छ । गाउँपालिकाको वडा नं ५ स्थित ग्वालिचौरमा सो भवन बनाउन लागिएको हो ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले निर्माणाधीन सो बुधबार भवन शिलान्यास गर्दै सरकारले नीतिगत व्यवस्था गर्ने र जनताले उत्पादनमा जोड दिँदा मात्रै देश समृद्ध बन्ने कर तिर्दा कोही पनि तर्सिन नहुने बताए ।
गाउँपालिकाले प्रदेश सरकार र सङ्घीय सरकारबाट सहयोगस्वरूप प्राप्त पाँच करोड १८ लाखको लागतमा सो भवन निर्माण गर्न लागेको हो । सो भवन २०७८ साल मङ्सिर महिनासम्ममा निर्माण भइसक्ने लक्ष्य छ । निर्धारित समयमा भवन निर्माणको काम सकिए आफ्नै भवनबाट सेवा प्रवाह गर्न सहज हुने गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया