काठमाडौं । विश्वमा कोरोनाको संक्रमण झनै बढीरहेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा १० लाख ६० हजार ७४५ जनाको मृत्यु भएको छ भने ३ करोड ६४ लाख ६ हजार १३३ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ७४ लाख १९ हजार ७६२ जना संक्रमण मुक्त भएका छन् ।
कोरोनाको प्रकोपले मानिसलाई असर गरिरहे पनि प्रकृतिमा भने सुधार आएको हालै मात्र गरिएको एक अध्ययनबाट पत्ता लागेको छ ।
ग्लोवल वार्मिङ र जलवायु परिवर्तनलाई लिएर भएको एक अध्ययनबाट पत्ता लागेको छ कि, पृथ्वीमा तीनको तुलनामा भन्दा राती धेरै नै गर्मी बढीरहेको छ।
जसका कारण केहि प्रजातीहरुको अस्तित्वमा खतरा आउन सक्ने बताइएको छ ।
एक्स्टेर यूनिभर्सिटीका वैज्ञानिकले सारा विश्वको तीन दशकको दैनिक तापक्रमका आँकडाको अध्ययन गरेका छन् ।
जसबाट यो पत्ता लागेको छ कि, पृथ्वीको आफ्नो धुरीमा घुम्ने कारणबाट ग्लोबल वार्मिङमा धेरै असमानता देखिएको बताइएको छ । जसका कारण ग्लोवल वार्मिङ दिन र रातको तापक्रममा फरक फरक प्रभाव पारीरहेको छ ।
यस शोधका लागि वैज्ञानिकले १९८३ देखि २०१७ सालसम्मको आँकडाको अध्ययन गरेका थिए । जसमध्ये आधा भन्दा धेरै देशका ठाउँमा दिनको भन्दा रातमा औसत वार्षिक तापक्रम ०.०२ डिग्री सेल्सियससम्मको अन्तर पाइएको छ ।
यो अन्तर सामान्य भए पनि केहि स्थानमा यसका कारण धेरै गर्मी भईरहेको छ । ग्लोबल चेन्ज बायोलोजीमा यस शोध प्रकाशित गरिएको छ ।
शोधमा रातको तापक्रममा धेरै भएको क्षेत्रमा दिनको भन्दा २ गुणा धेरै छ । वैज्ञानिकहरुका अनुसार गर्मीको असमान्यता बादलको कारण भएको हो ।
किनभने, शोधमा जाडो क्षेत्रमा बादलको मात्रा दिनको समयभन्दा धेरै हुन्छ, र रातमा कम भएर गर्मी हुन्छ ।
शोधमा यसको कारणबाट जीवमा तनाव र पानीको स्थितीमा कमी हुनसक्ने पाइएको छ । जीवको साथै वनस्पतिमा पनि यसको असर देखिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया