काठमाडौं । बिहीवार नेपाल मिस युनिभर्सको युनिभर्स एप्लिकेसन र सहभागिताका लागि आवेदन सार्वजनिक हुने भएको छ ।
मिस युनिभर्स २०१७ नेपाल नग्मा श्रेष्ठद्वारा स्थापित मिस युनिभर्स संगठनको नयाँ दीर्घकालिन फ्रान्चाइज ब्रेभ, बोल्ड, एण्ड ब्युटिफूल प्रा.लि.ले, आज साँझ ६ बजे एपीवन च्यानलमा प्रत्यक्ष प्रसारण हुने नँया कार्यक्रम ‘द नग्म्याटिक शो’ मार्फत मिस युनिभर्स एप्लिकेसन र सहभागिताका लागि आवेदन सार्वजनिक गर्न लागिएको हो ।
उक्त कार्यक्रम तीस मिनेट लामो हुनेछ । उक्त कार्यक्रममा विभिन्न अतिथिहरुको उपस्थितिका साथसाथै मिस युनिभर्स नेपाल २०२०का प्रतिनिधि लगायतका विभिन्न क्षेत्रका हस्तिहरुको सहभागिता रहनेछ ।
कार्यक्रममा शारीरिक सकारात्मकता (बडि पोजिटिभिटि) अभियन्ता तथा मिस युनिभर्स क्यानेडा २०१६ सिएरा बेअर्चल, निर्माता, मोडल तथा ट्रान्स अभियन्ता जीना रोसेरो, नेपालकी प्रसिद्ध गायिका इन्दिरा जोशी, पर्वतारोहि तथा स्ट्यान्ड(अप कमेडियन शैली बस्नेत, लाइफस्टाइल कोच प्रेरणा शाह, टिच फर नेपालकि सीइओ स्वस्तिका श्रेष्ठ र मिस युनिभर्स नेपाल संचालिका शुभेच्छा खड्का लगायतले भिडियो मार्फत वक्तव्य पनि प्रसारण हुने जनाइएको छ ।
‘द नग्म्याटिक शो’ को प्रथम श्रृंखलामा, कार्यक्रम संचालिका नग्मा श्रेष्ठले केहि महत्वपूर्ण घोषणा पनि गर्ने बताइएको छ ।
मिस युनिभर्स नेपाल २०२०को ताज विजेताले प्राप्त गर्ने पुरस्कार राशी नेपालका लागि अहिलेसम्मकै मूल्यवान सावित हुनेछ । नेपालको इतिहासमा नै पहिलो पटक दश लाख पुरस्कार राशी रहेको यस सौन्दर्य प्रतिस्पर्धा नेपालका अन्य सौन्दर्य प्रतिस्पर्धाहरुको तुलनामा अहिले सम्मकै सबैभन्दा मूल्यवान रहन आएको छ।
कद, तौल, भाषा आदि कुनै पनि आधारमा प्रतिबन्ध नलगाइएको साथै पारलैंगिक सहभागीहरुका लागि समेत खुला रहेको यस मिस युनिभर्स नेपाल विश्वकै सबै भन्दा समावेशी सौन्दर्य प्रतियोगिता अन्तर्गत पर्छ।
आज हुन लागेको घोषणाका बारेमा नग्मा श्रेष्ठले प्रतियोगिताको समावेशिता बारे जोड दिँदै भनिन्, “२०२० मिस युनिभर्स नेपाल, मनमा नेपाल बोकेका जुनसुकै कद, तौल, भाषा, लैंगिकता वा यौनिकता भएका युवावर्गका लागि खुला छ। सौन्दर्य प्रतियोगिता अहिलेसम्म सम्पन्न व्यक्तिहरुको मात्र पहुँचमा रहेको थियो। यहि कुरालाई परिवर्तन गर्दै सबै आर्थिक वर्गको समावेशीता सुनिश्चित गर्ने उद्देश्यले नै यसको आवेदन शुल्क पनि १००० (गैरनेपालीका लागि ५० डलर) मात्र राखिएको हो। सौन्दर्यको यस्तो प्रजातान्त्रीकरणको हकमा मिस युनिभर्स नेपाल २०२०ले विश्वका अन्य प्रमुख सौन्दर्य प्रतिस्पर्धाहरुका तुलनामा सबै भन्दा धेरै सहभागिता देख्नुका साथै बहादुर, साहसी, र सुन्दर प्रस्तिस्पर्धीका सर्टिफिकेटले सामाजिक संजाल समेत अभिभूत हुनेछ भन्ने आशा हामीले राखेका छौं। अर्को बिर्सिनै नहुने कुरा के पनि हो भने यस प्रतिस्पर्धाको सम्पूर्ण निर्णायक अधिकार सर्वसाधारणलाई हस्तान्तरण गरिएको छ, अर्थात् प्रतिस्पर्धाको विजेता शतप्रतिशत केवल भोटका आधारमा तय हुनेछ र यो सबै त सुरुवात मात्रै हो ”
मिस युनिभर्स एप २०२० एपीवन च्यानलमा प्रत्यक्ष प्रसारण हुने ‘द नग्म्याटिक शो’का क्रममा एप्पल एप स्टोर साथै गूगल प्ले स्टोरमा सार्वजानिक गरिनेछ। सोहि एपमा प्राप्त हुने प्रथम २० आवेदनहरु निः शुल्क रहनेछन् भने त्यसपश्चातका ५००० आवेदनको शुल्क नेपाली नागरिकका लागि ।१००० र गैरनेपालीका लागि ५० डलर रहनेछ।
द नग्म्याटिक शोु दर्शकहरुलाई मिस युनिभर्स नेपाल २०२० को सहयात्रा गराउने ११ वटा सप्ताहिक श्रृंखलाका रूपमा प्रसारण हुने कार्यक्रमको प्रथम श्रृंखला हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया