काठमाडौं । पछिल्लो समय चीनका लागि ताइवान टाउको दुखाई बनेको छ ।
चीनसँग लड्नको लागि ताइवानले अमेरिकासँग ७ अर्ब डलरका हतियारको सम्झौता गरेको हो ।
आफ्नो देशको सुरक्षाका लागि भन्दै ताइवानले ७ अर्ब डलरको हतियार किन्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
ताइवान र अमेरिकाबीचको यो ने अहिलेसम्मकै सबैभन्दा ठूलो डील हो । डील गरिएका हतियारमा क्रुज मिसाइल, बारुदी ट्यांक र अन्य सैन्य सामान रहेका छन् ।
यसमा ‘एमक्यू-९बी’ रीपर ड्रोन पनि रहेको छ । यो अत्याधुनिक ड्रोनमाथि ताइवान ४० करोड डलर खर्च गर्न लागिरहेको छ ।
ट्रम्प प्रशासनको कार्यकालमा अमेरिकासँग ताइवानले अहिलेसम्म १५ अर्बको हतियार किनिसकेको छ ।
ओबामा प्रशासनको आठ कार्यकालमा पनि ताइवानले १४ अर्बको हतियार किनेको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया