काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिमण्डललाई पुर्णता दिने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
छलफलका क्रममा खाली रहेका मन्त्रालयमा तत्कालै मन्त्री नियुक्त गर्ने र बाँकी काम तिहारपछि गर्ने विषयमा कुराकानी भएको जानकारी प्राप्त भएको छ ।
ओली र प्रचण्डबीच बिहान ११: ४० बजेबाट वार्ता शुरु भएको थियो । गत गत असोज २० गते मंगलवार बसेको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुङ्ग्याउन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वयलाई दिएको थियो तत्पश्चात् अध्यक्षद्वयले भेटवार्ता तिव्र पारेका छन् ।
गत भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकतालाई पूर्णता दिने सन्दर्भमा छलफल गर्न अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो ।
तर, अध्यक्षद्वय ओली र प्रचण्डले यो महिना गुज्रिनै लाग्दासम्म पनि प्रस्ताव तयार पार्न सकेका छैनन् । बरु यो बीचमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले कुनैपनि सल्लाह नै नगरी विभिन्न राजनीतिक नियुक्ति गरेका कारण पार्टीका अर्का अध्यक्ष प्रचण्ड रिसाएका थिए ।
ओलीसँग बहुमत सचिवालय सदस्य पनि रुष्ट बनेका छन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी एकता भएको २९ महिना बितिसक्दा पनि नेकपामा विभिन्न केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्च, पोलिट ब्यूरो, केन्द्रीय विभागहरु, प्रदेश र स्थानीय तहका कमिटीहरु, जनवर्गीय संगठहरु र प्रवास क्षेत्रको संगठनात्मक एकताका साथै सम्पत्ति र अभिलेख जनसंगठनहरू लगायत ३२ विभागसहित विशेष जिल्ला कमिटीले पूर्णता पाउन बाँकी छ । पार्टीको महाधिवेशन चैतको अन्तिम साता गर्ने यसअघि नै सहमति भईसकेको छ । तर पार्टी एकताका बाँकी कामका साथै सदस्यता नविकरण, प्रदेश तथा स्थानीय कमिटीको अधिवेशन गर्न बाँकी छ।
करिब ४ महिना लामो अन्तरकलहपछि गत भदौ २६ गते बसेको पार्टीको स्थायी कमिटी बैठकले प्रचण्ड र पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यबिभाजन र कार्यअधिकार स्पष्ट पार्दै पारित प्रस्तावमा ‘अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागतरुपमा अघि बढाउन समन्व्य गर्ने’ भन्ने उल्लेख गरिएको थियो। तत्पश्चात् प्रचण्ड पार्टीको थाति रहेका काम टुंग्याउन लागिपरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया