यूएईले ‘कोभिड-१९’ टेस्टिङमा बनायो विश्व रेकर्ड !

काठमाडौं । यूएईले कोरोना भाइरसको टेस्टिङमा एक विश्व रेकर्ड बनाएको छ ।

आफ्नो देशको जनसंख्या भन्दा धेरैको कोरोना टेस्ट गर्ने यूएई संसारकै पहिलो राष्ट्र बनेको हो ।

UAE Covid Tests

यूएईले कोरोना महामारीको शुरुवात देखि लिएर अहिलेसम्म १ करोड भन्दा धेरै टेस्ट गराएको छ । तर यूएईको कुल जनसंख्या मात्र ९६ लाख रहेको छ । तर सबैभन्दा धेरै कोरोना टेस्ट गराउने देशमा चीन सबैभन्दा अगाडि छ ।

UAE Covid Tests

चीनले हालसम्म १६ करोड टेस्ट गराएको हो । अमेरिकाले ७ अक्टोबरसम्म ११ करोड कोभिड १९ टेस्ट गराएको छ । अमेरिका पछि भारतले अहिलेसम्म ८ करोड कोरोना टेस्ट गराएको छ । त्यस्तै रुसले हालसम्म ५ करोड टेस्ट गरेको छ ।

UAE Covid Tests

यूएई सरकारका आधिकारिक प्रवक्ता डा. उमर अल हम्मादीले खलीज टाइम्ससँको अन्तर्वार्तामा देशले ३० सेप्टेम्बरदेखि ६ अक्टोबरसम्म ७ लाख २० हजार ८०२ मेडिकल एग्जामिनेशन गरेको छ ।

UAE Covid Tests

यो बितेको हप्ताको भन्दा ८ प्रतिशत धेरै हो । यस अवधिमा कोरोनाका कुल केस १६प्रतिशतले वृद्धि भएका थिए ।

त्यस्तै रिकोभरीमा पनि २३ प्रतिशतले वृद्धि भएको थियो । युएईमा अहिलेसम्म ४३६ जनाको मृत्यु भईसकेको छ भने १ लाख १ हजार ८४० जनालाई कोरोना संक्रमण भएको छ ।

UAE Covid Tests

डाक्टर उमरका अनुसार यस हप्तामा कोरोनाबाट ७३ प्रतिशत भन्दा धेरैको मृत्यु भएको छ । र पनि यूएईमा सेप्टेम्बर महीनामा कोरोनाबाट मृत्यु हुने दर संसारकै सबैभन्दा कम छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?