काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल शुरु भएको छ । अध्यक्ष दाहाल ओलीलाई भेट्न बालुवाटार पुगेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रचण्ड भर्खर बालुवाटार पुगेको र समसामयीक विषयमा छलफल शुरु भएको छ ।
आजको छलफलमा मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकिकरण लगायतका विषयमा छलफल हुने स्रोतले बताएको छ । मन्त्रिपरिषद् पुनर्गठन दशैंतिहार अघि हुने सम्भावना कम भएको नेताहरुले दवाव दिएसँगै अध्यक्षद्वयले भेटघाटलाई बढाएका छन् ।
आजको बैठकमा पार्टी एकताका बाँकी कामका विषयमा पनि आज छलफल हुने बताइएको छ।
गत असोज ६ गते बसेको नेकपा सचिवालय बैठकले १० दिनभित्र काम सक्नेगरी प्रस्ताव ल्याउनको लागि अध्यक्षद्वय र महासचिवलाई जिम्मा दिएको थियो । तर उक्त प्रस्वाव तयार भइनसकेको स्रोतले जनाएको छ ।
यसअघि गत मंगलवार नेकपा सचिवालय बैठक बसेको थियो । अध्यक्षद्वयबीचको छलफलपछि अर्को सचिवालय बैठक बोलाउन सक्ने सम्भावना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया