रौतहट । विवेकशील नेपाली दल रौतहट बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया किशोरी संझा शाह कानुको सम्झनामा दिप प्रज्वलन गरेको छ । जिल्लाको गढीमाई नगरपालिका वडा नं १ बस्ने स्थानिय सिताराम साह कानुकी छोरी संझाको गत असोज १६ गते बलात्कारपछि हत्या भएको थियो ।
वृन्दावन नगर पालिका ४ पल्टुवाको एक उखु बारीमा उनको हत्या गरि फलिएको अवस्थामा शव फेला परेको थियो । विवेकशील नेपाली दल रौतहटको जिल्ला अध्यक्ष लखिन्द्र कुमार गुप्ताको अध्यक्षतामा संझाको चिर शान्तीको कामना गर्दै बुधवार साँझ ६ः ५० दिप प्रज्वलन गरिएको हो ।

उनीहरुले संझाको बलात्कारपछि हत्या प्रकरणका दोषीहरुलाई कडा भन्दा कडा कारबाहीको माग समेत गरेका छन् ।

दिप प्रज्वलन कार्यक्रममा विवेकशील नेपाली दलको केन्द्रीय सदस्य विवेक शर्मा, विवेकशील नेपाली दलको नव युवा सन्जाल प्रदेश न २ को संयोजक अनिशुन खातुन, सह संयोजक गजेन्द्र साह लगायत कृष्णदन सहनी, सुरेन्द्र शर्मा, रितेश यादव, गजेन्द्र पटेल, अजय शर्मा मनिश गुप्ता लगायत सयौंको संख्यामा उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया