कोरोनाबाट सुनसरीमा ३९ वर्षीय पुरुषको निधन

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको धरान उपमहानरपालिका १० घर भएका ३९ वर्षीय पुरुष रहेका छन् ।

उनमा गत असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भने उनलाई असोज १३ गते प्रतिष्ठानमा भर्ना गरिएको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार उपचाररत ती पुरुषको बिहीवार बिहान ४ः२२ मा मृत्यु भएको हो । उनको जनस्वास्थ्यको मापदण्ड अनुसार अन्त्येष्टीको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?