काठमाडौंमा बढेको बढ्यै संक्रमण : के फेरि लकडाउन हुँदैछ ?

काठमाडौं – नेपालमा गत वर्षको माघ १० गते कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणको पहिलो ‘केस’ पुष्टि भयो । त्यसपछि चैत्रमा मात्रै अर्को ‘केस’ देखिएको थियो । दोस्रो ‘केस’ पुष्टि भएपछि सरकारले करिब तीन महिना लामो लकडाउन, त्यसपछि ‘लुजडाउन’ र निषेधाज्ञा जारी गर्‍यो ।

विज्ञहरुले पर्याप्त परिक्षण भएन भनिरहँदा स्वास्थ्यमन्त्रालयले २० हजार माथि दैनिक पिसिआर परिक्षण गर्ने सामथ्र्य रहेको बतायो । तर हालसम्म पनि १५ हजार हाराहारी पनि पीसिआर परिक्षण हुन सकेको छैन ।

विज्ञहरु र जनस्वास्थ्य विद्हरुले कोरोनाले नसोचेको परिणाम ल्याउन सक्ने भन्दै सचेत रहन भनिरहे तर सुन्ने कसले ?

पछिल्लो २४ घण्टाको जानकारी गराउँदै बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप ३ हजार ४३९ जनामा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भयो । यो हालसम्मकै अत्याधिक संख्या हो । यसरी दिनप्रतिदिन संक्रमितको संख्या पुष्टिभएसँगै घना बस्ती भएको काठमाडौं उपत्यका लगायत देशका प्रमुख घना शहरहरुमा भयावह स्थिती सिर्जना भइरहेको छ ।

हिजो (बुधबार) काठमाडौंमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ६८४ जनामा कोरोना संक्रमण पुष्टि हुनुले अब बृद्धबृद्धा, अशक्तता भएकाहरु, बिरामी, औषधी सेवन गरिरहेकाहरु, भर्खरै कुनै ‘मेजर’ किसीमको अप्रेसन गरेकाहरु, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई यस भाइरसबाट कसरी जोगाउने भन्ने संशय पैदा भएको छ । भाइरसले बनाउने संक्रमणको स्थिती भयावह बन्दै जाँदा नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगिसकेको छ ।  जम्मा १ हजार १२६ जना संक्रमणमुक्त हुँदा तेब्बर बढी संक्रमित थपिनुले अझै भयकंर चुनौति थपेको छ ।

एक हप्तामै काठमाडौंमा १० हजार बढी संक्रमित
पछिल्लो एक हप्तामा मात्रै काठमाडौं उपत्यकामा ११ हजार हाराहारीमा कोभिड १९ संक्रमण पुष्टि भएको छ। परिक्षणको दायरा केहि बढाउने बित्तिकै काठमाडौंमा लगातार ५ दिनदेखि १ हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् । एक हप्तामा काठमाडौंमा मात्रै ९ हजार हाराहारीमा संक्रमण देखिएको छ।

कोरोना परीक्षण अब एन्टिजेन किटबाट गरिने
नेपालमा छिट्टै एन्टिजीन किटबाट कोरोना भाइरस ‘कोभिड – १९’ परीक्षण सुरु गर्रिँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ठूलो समूहमा एकैपटक परीक्षण गर्न मिल्नेगरी यो सेवा सुरु गर्न लागिएको हो । कोरोना भाइरस परीक्षणसम्बन्धी नेसनल टेष्टिङ गाइडलाइनमा परिमार्जन गरी एन्टिजेन परीक्षण थप गरिएको छ। यो विधिअनुसार गरिएको परीक्षणको रिपोर्ट तुरुन्त आउने र एकैपटक धेरै संख्यामा परीक्षण गर्न उपयुक्त मानिन्छ। अस्पतालमा तुरुन्तै शल्यक्रिया गर्नुपर्ने अवस्थामा, सामूहिक बसाइ भएका ठाउँमा यसको परीक्षण गरिन्छ। यो परिक्षणको लागि रिएजेन्ट अमेरिकन फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनबाट मान्यताप्राप्त उत्पादनलाई मात्र मान्यता दिने मन्त्रालयले जनाएको छ।

किन बढे तीव्र गतिमा कोरोना संक्रमित
कोरोना भाइरस ‘कोभिड – १९’ को सङ्क्रमण उपत्यकामा बढेको पाइएको छ । उपत्यकामा मानिसहरु भित्रेसँगै संक्रमित बढेको पाइएको हो । अहिले दैनिक उपत्यकामा संक्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डेले मानिसहरु उपत्यका प्रवेश गरेसँगै संक्रमणको जोखिम बढेको बताए । उनले भेटिएका संक्रमित एकै ठाउँका नरहेकाले विभिन्न ठाउँबाट प्रवेश गरी उपत्यका आएकामा देखिएको बताए ।

स्वास्थ्य मन्त्रालयको भनाई के छ ? 
काठमाडौं उपत्यकामा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नगर्दा कोरोना भाइरसको संक्रमण बढेको पाइएको स्वास्थ्य मन्त्रालयको भनाई छ । जनस्वास्थ्यमा मापदण्डविना सभा, गोष्ठी र भीडभाड गरिएले सङ्क्रमण बढेको जनाइएको छ । बाहिर निस्कँदा मास्क लगाउने, दुई मिटरको दूरी कायम राख्ने र पटकपटक साबुनपानीले हात धुने वा सेनिटाईजर प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । किन उपत्यकामा सोचेभन्दा चारगुणा बढी संक्रमण फैलिरहेको छ भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम भन्छन्, “खुला सीमा भएका कारण मानिस सीधै काठमाडौँ आए । आएका मानिस पनि १४ दिनसम्म क्वारेन्टिनमा नबस्दा सङ्क्रमण बढेको हो”, उनले भने, “हामीले बाहिरबाट आइसकेका मानिसलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्न भनेका थियौं । त्यो पनि पालना गरिएन । आज सङ्क्रमण बढ्यो भनेर चिन्ता गर्नुभन्दा सङ्क्रमण नबढ्न के गर्न सकिन्छ भनेर सोच्नुपर्छ ।”

के फेरि लकडाउन लागू हुन्छ  ? 
मुलुकभर हिजो  (बुधबार) एकै दिन ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमणको यो संख्या हालसम्मकै बढी हो। यसले नेपालको स्वास्थ्य क्षेत्रलाई नै चुनौति दिएको छ । कोरोनाको उद्गमस्थल चीनको कुल संक्रमित संख्यालाई ३ दिनअघि नै नेपालले उछिनेको छ । नेपाल खराब देशको सूचीमा क्रमश उक्लिरहेको छ ।  नेपालमा हालको अवस्थामा सक्रिय संक्रमित Active case को संख्या पनि २५ हजार ७ पुगेको छ।

कोरोना संक्रमण तीव्र वृद्धि भएका कारण केहि समय फेरि लकडाउन लागू गर्न स्वास्थ्यविद्ले सल्लाह दिएका छन् तर यति लामो समयको लकडाउन उपलब्धिशून्य भएका कारण सरकार भरसक लकडाउन वा स्वास्थ्य संकटकाल घोषणा नगर्ने पक्षमा देखिएको छ। कतिपय अस्पतालमा शैया थपिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतले दिएके जानकारी अनुसार दसैँअघि भरसक लकडाउन वा स्वास्थ्य संकटकाल घोषणा गर्ने योजना छैन ।

तत्काल लकडाउन गर्नुको विकल्प छैन :  प्रवक्ता, स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले तत्काल लकडाउन घोषणा गर्नुको औचित्य नभएको बताएका छन्।

अस्पतालमा शैया पुगेसम्म लकडाउन घोषणा हुँदैन भन्दै उनले थपे , ‘स्वास्थ्य संकटकाल घोषणा गरेर पनि के गर्ने ? बाहिर निस्कँदा नागरिकले मास्क लगाउने र भौतिक दूरी कायम गरे पनि हुन्छ। जनताले केही नगर्ने, सरकारले विभिन्न घोषणा गरेर मात्र के गर्ने ?  ’ उनले नै केही समयअघि नियमित प्रेस ब्रिफिङका क्रममा सक्रिय संक्रमित एक्टिभ केस २५ हजार नाघेमा लकडाउन हुनसक्ने बताएका थिए।

हिजो (बुधबार) हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमित Active case २५ हजार नाघिसकेको छ । बिना काममा बाहिर निस्कने, घुमफिर गर्ने, भौतिक दूरी कायम नगर्ने र मास्क नलगाउने, साबुनपानीले हात नधुने जस्तो प्रवृत्ति कायम रहेकोमा उनले लकडाउनले हाम्रो दैनिकी नै ठप्प पार्ने भएकोले यो अवस्था आउन नदिन हामी सबै सचेत हुनुपर्ने बताए । बेडको व्यवस्थापन हुन सकेसम्म हामीले लकडाउन वा स्वास्थ्य संकटकाल कुनै पनि घोषणा गर्दैनौँ उनले भने। विशेषगरी काठमाडौं उपत्यकामा संक्रमितको उपचार व्यवस्थापन गर्न थप चुनौती बढेको उनको भनाई छ ।

‘बेहोस हुने जस्तो भएमा मात्रै अस्पताल जानू’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सबै सरकारी एवम् निजी अस्पतालले कोरोना संक्रमितको उपचार गर्न आवश्यक रहेको बताउँदै सामान्य रुघाखोकी लागे वा ज्वरो आएमा पनि अस्पताल जाने क्रम बढेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले बिरामीलाई श्वास फेर्न गाह्रो भएमा, बेहोस हुने जस्तो भएमा वा पिसाब कम भएमा मात्र अस्पताल जान अनुरोध गरेका छन् । प्रवक्ता डा. गौतमले चाडपर्वसँगै किनमेल गर्नेको भीड देख्दा तीव्र रूपमा फैलिएको कोरोनालाई बिर्सिएको पो हो कि जस्तो लाग्न थालेको बताए।

कसरी बढे संक्रमित  ?
नजिकिँदो चाडसँगै सार्वजनिक स्थानमा बढेको भीडभाड, नाकमुख छोपिने गरी मास्क नलगाउने प्रवृत्ति र भौतिक दूरी कायम नराखी हिँडडुल गर्ने बानीका कारण संक्रमण दर बढेको छ। त्यस्तै साबुनपानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्ने प्रवृत्ति पनि न्यून छ। चाडबाड नजिकिएको कारण मानिसहरु निकै भिड गरेर सामान किनमेलमा लागेका छन् ।एकबाट दोस्रोमा सजिलै सर्ने यो भाइरसको कारण स्थिती भयावह हुन थालेको छ ।  भिडभाडमा लामो समय बस्दा छिटो संक्रमण हुने सम्भावना हुन्छ ।

होम आइसोलेसनबाट पो बढ्यो कि  ? 
हालको अवस्थामा कोरोना संक्रमण पुष्टि भएपछि तत्काल तपाईलाई लिन एम्बुलेन्स आउँदैन । किनकी अब अति ‘क्रिटिकल’ अवस्था नभई अस्पताल लैजान सक्ने अवस्था छैन । त्यसैले अस्पताल भनदा धेरै घरमा नै आइसोलेसनमा बस्नेको संख्या धेरै छ । तिमध्ये होम आईसोलेसनमा १४ हजार ४४१ जना र संस्थागत आईसोलेसनमा १० हजार ५९६ जना छन् । तिमध्ये २३३ जना संक्रमितको आईसियु र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । विज्ञहरुले कोरोनाको संक्रमण तिव्र रुपमा बढ्नुको कारणबारे लेखेको लेखहरुमा उल्लेख भएअनुसार होम आइसोलेसनमा बस्नेहरु कसरी बसेका छन् वा तिनको उचित स्याहारसम्हार भएको छ कि छैन लगायत सबै किसीमका पाटो र पक्षमा स्थानीय सरकारले पर्याप्त चासो नदिँदा समस्या भएको छ । होम आइसोलेसनमा बसेका संक्रमितहरु मास्कबिना नै जताततै डुल्दै हिँड्नुले पनि अप्ठेरो स्थिती आएको छ ।

स्थानीय तहले होम आइसोलेसनमा बसेकालाई परामर्श दिने र स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेको दाबी गरे तापनि पछिल्लो समयमा त्यो काम कार्यान्वयन हुन सकेको छैन ।

चिनेजानेका, पावर र पहुँच भएका संक्रमितलाई मात्रै सरकारी संयन्त्रबाट फोन जाने , सोधखोज हुने गरेको छ । यसैको परिणामस्वरुप होम आइसोलेसनमा बसेकाहरुको नियमन र तिनको उचित व्यवस्थापनमा ध्यान नदिईनु, पर्याप्त कन्ट्याक ट्रेसिङ नहुनु, स्वास्थ्य मापदण्डको उचित पालना नहुनु लगायतका यावत् कारणहरुले अन्तत काठमाडौं कोरोना भाइरसको ‘हटस्पट’ बनेको हो ।

नागरिकको स्वास्थ्य सुरक्षाका लागि सरकार क्रियाशील छ : स्वास्थ्यमन्त्री

नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् । विश्व दृष्टि दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सबै नेपालीमा दृष्टिदोषरहित जीवनको कामना गरेका छन् । सन्देशमा उनले नेपालले अहिले ‘कोभिड – १९’ को संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनुपर्ने विश्वव्यापी र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पुर्‍याउन सबैमा आह्‍वान पनि गरेका छन् । विश्वव्यापी रूपमा “दृष्टिप्रतिको आश” भन्ने मूल नाराका साथ आज विश्वदृष्टि दिवस मनाइँदै छ ।

कुन वस्तुमा कोरोना भाइरस कति दिन सम्म जीवित रहन सक्छ  ? 
कोरोना भाइरस मानिसको शरीरभित्र बाहेकको सतहमा पनि केही समय जीवित रहने हुनाले भाइरस रहेको वस्तु तथा पैसाबाट पनि सर्ने सम्भावना रहेको हुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनको क्रममा बिहीबार जारी गरेको भिडियामो डा. कृष्णा मल्ल वैद्यले कोरोना संक्रमित व्यक्तिले चलाएको पैसामा पनि कोरोना हुने भएकोले पैसा चलाएपछि साबुनपानीले हात धुने या राम्रोसित सेनिटाइजरको प्रयोग गर्न पनि सुझाएकी छिन् ।

विश्व स्वास्थ संगठनले गरेको विभिन्न अनुसन्धानबाट देखिएको नतिजा अनुसार मुख्यतः कोरोना भाइरस एक मानिसबाट अर्को मानिसमा हावाको माध्यमबाट सर्ने गर्दछ तर त्यस बाहेक पनि विभिन्न वस्तु तथा स्थानमा कोरोना भाइरस जिवित रहने गरेको छ । मानिसको भित्रि शरिरमा नाक, मुख र आखाँबाट कोरोना भाइरस प्रवेश नभएसम्म यो भाइरस जिवित रहेता पनि सक्रिय भने हुँदैन । विश्व स्वास्थ संगठनले गरेको अनुसन्धान अनुसार हाम्रो दैनिक जिवनमा प्रयोग हुने कुन कुन वस्तुमा कति सम्म भाइरस जिवित रहन सक्छ त ?

मेटल
जस्तै :  ढोकाका ह्यान्डल, गरगहना ,सुनचाँदी आदिमा ५ दिन सम्म यो भाइरस जिवित रहन सक्छ ।

काठ
जस्तै :  फर्निचर, टेबल, कुर्ची आदिमा ४ दिनसम्म यो भाइरस जिवित रहन सक्छ ।

प्लाष्टिक
जस्तै : दुधको प्याकेट, बोतल एटिएम कार्ड,बसको सिट आदिमा यो भाइरस २ देखि ३ दिनसम्म जिवित रहन सक्छ ।

स्टेनलेस स्टील

जस्तै : फ्रीज , खाना पकाउने भाँडा, मोबाइलको पछाडिको भाग, पानीका बोतल आदिमा पनि २ देखि ३ दिन सम्म यो भाइरस जिवित रहन सक्छ ।

कार्डबोर्ड
जस्तै : सिपिङ बक्स,दप्ती आदिमा २४ घण्टा सम्म यो भाइरस जिवित रहन सक्छ

कपर
जस्तै : सिक्का पैसा, खाना पकाउने भाँडा, चिया पकाउने कित्ली आदीमा ४ घण्टा सम्म यो भाइरस जिवित रहन सकछ ।

आल्मुनियम

जस्तै :क्यान भाँडा, टिनफोयल, बोतल आदिमा २ देखि ८ घण्टासम्म यो भाइरस जिवित रहन सकछ ।

ग्लास
जस्तै : पिउने ग्लास, झयाल, शिशा ,ऐना आदिमा ५ दिनसम्म यो भाइरस जिवित रहन सक्छ ।

सेरामिक्स
जस्तै : भाँडाकुँडा, पोर्टरी आदिमा ५ दिनसम्म यो भाइरस जिवित रहन सक्छन् ।

पेपर
जस्तै : कागजी नोट, पत्रिका, किताब आदिमा यो भाइरस ५ दिन सम्म जिवित रहन सकछन् ।

खाना
जस्तै : खानेकुरा बाट यो भाइरस सर्छ भन्ने अहिलेसम्म पुष्टि भएको छैन्

पानी

जस्तै : पिउनेपानीमा पनि अहिलेसम्म यो भाइरस भेटिएको छैन् । खानेपानी प्रशोधित हुने भएकोले सबै खाले किटनाशकबाट यो सुरक्षित रहेको हालसम्मको अध्यनले देखाएको छ ।

फ्यावरिक

जस्तै : लत्ता कपडा, आदिमा भाइरस कतिसम्म जिवित रहन्छ भन्ने धेरै प्रमाण नरहेको तर अन्य स्थानभन्दा कमै समय रहने विश्व स्वास्थय संगठनको प्रक्षपण रहेको छ ।

जुत्ता

जस्तै : चिनियाँ स्वास्थ्य संस्थामा गरिएको एक अनुसन्धानका अनुसार आइसियुमा काम गर्ने आधा स्वास्थकर्मीको जुत्तामा कोरोना भाइरसको न्युकिल्य एसिडको प्रमाण भेटाइएको थियो । तर यो तत्वबाट भाइरसको संक्रमण फैलिन्छ भन्ने अझै एकिन भने भइसकेको छैन् ।

छाला र कपाल

जस्तै : हालसम्म कोरोना भाइरस छाला र कपालमा कति समय बस्छ भन्ने यकिन तथयाङ्क रहेको छैन् । तर रुघाखोकिको राइनो भाइरस घण्टै सम्म रहने भएकोले र हात अन्य जोखिमपूर्ण चिजहरु छुने भएकोले समयसमयमा पटक पटक हात धुन विश्व स्वास्थ संगठनले आग्रह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?