यो देशले छाप्दैछ एक लाख रुपैयाँको नोट, मात्रै आधा किलो चामल किन्न सकिने !

काठमाडौं । आर्थिक मन्दी झेलिरहेको देश भेनेजुयलाले एक लाख रुपैयाँको नोट निकाल्ने भएको छ ।

कुनै बेलामा अथाह तेल भएको भेनेजुयलामा अहिले आर्थिक स्थिती कमजोर बन्दै गईरहेको छ ।

भेनेजुयलाका मानिस कुनै समय एक छाक भोजनको लागि बोरामा नोट भरेर लिएर जाने गर्दथे । यसैबीच भेनेजुयला सरकारले हालै मात्र एक लाख रुपैयाँको नोट छाप्ने बताएको छ ।

ब्लूमबर्गको रिपोर्टका अनुसार भेनेजुयलाले यो योजना बनाएको हो ।

भेनेजुयला सरकार १ लाख बोलिवर (रुपैयाँ) को नोट छाप्नको लागि इटालीको एक फर्मबाट ७१ टन सिक्योरेटी पेपर आयात गरेको छ । तर त्यहाँको एक लाखको नोटले मात्र आधा किलो चामल नै किन्न सकिनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?