काठमाडौं । संसदीय सुनुवाई समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाको लागी राजदूत सिफारिस परेकाहरु विरुद्ध उजुरीका लागि सूचना जारी गरेको छ ।
सरकारले डा युवराज खतिवडा, लोकर्दशन रेग्मी र निर्मलकुमार विश्वकर्मालाई राजदूतको लागि सिफारिस गरेको छ । समितिले बिहीवार एक सूचना जारी गर्दै उक्त पदमा उनीहरु उपयुक्त नभएमा यथेष्ट प्रमाणसहित उनीहरु उपयुक्त पात्र छैनन् भन्ने सूचना दर्ता गर्नको लागि आह्वान गरेको हो । त्यसको लागि समितिले कार्तिक १ गतेसम्मका लागि समय दिएको छ ।
त्यस्तै समितिले सबै जिल्ला प्रशासन कार्यालय तथा सार्वजनिक स्थानमा सूचना टास गर्न आग्रह समेत गरेको छ। समितिका अनुसार उजुरी दिनेको इच्छा अनुसार उनीहरुको नाम गोप्य राखिनेछ ।
पूर्व अर्थमन्त्री समेत रहेका प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव रेग्मीलाई बेलायत र डा विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतको लागि सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया