काठमाडौं । फ्रान्स र युक्रेनबीच भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले सहज जित हात पारेको छ । बुधवार राति भएको खेलमा फ्रान्सले युक्रेनलाई ७–१ गोल अन्तरले पराजित गरेको हो ।
चेल्सी स्टार जिराउडले पहिलो हाफमै दुई गोल गरेका थिए । एडुआर्डो कामाभिङ्गाले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । यस्तै, कोरेन्टिन टोलिसो, केलियन एम्बाप्पे, एन्टोनी ग्रिजम्यानले समेत फ्रान्सको जितमा एक एक गोल गरे ।
![]()
फ्रान्सका प्रशिषक डिडियर डेसचेम्प्सलाई विटाली मायकोलेन्को एक आत्मघाती गोल गरेका थिए । युक्रेनका लागि भिक्टोर त्स्यगानकोवले एक गोल गरेका थिए ।

- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया