आज कस्तो रहन्छ मौसम ? तीन दिनको मौसम हेर्नुहोस्

काठमाडौं – आज (बिहीबार) देशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। काठमाडौंमा यतिबेला घाम लागेको छ ।

बिहान र साँझको मौसम चिसो भएतापनि यतिबेला भने पारिलो घाम लागेको छ । महाशाखाका अनुसार बंगालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ।

आज (बिहीबार) : दिउँसो प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। राती देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

भोली (शुक्रबार)  : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

(शनिबार) : प्रदेश १ र प्रदेश २ मा आंशिक बदली र बाँकी प्रदेशहरुमा मौसम सफा रहनेछ। प्रदेश १ र प्रदेश २ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?