अमेरिका : ह्वाइट हाउसमा बढे कोरोना संक्रमित, ट्रम्पका शीर्ष सहयोगीसहित २७ जनामा कोरोना पुष्टि

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भईसकेपछि ह्वाइट हाउसमा अहिलेसम्म २७ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

ट्रम्पसँग् जोडिएका धेरै जसो कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको पाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शीर्ष सहयोगी स्टीफन मिलर पनि कोरोना संक्रमित पाइएका छन् ।

मिलरले मंगलवार पछिल्लो ५ दिन यता आफू क्वारेन्टाइनमा रहेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?