काठमाडौं । भारतका पूर्व राज्यपाल तथा केन्द्रिय अन्वेषण ब्यूरोका पूर्व निर्देशक अश्विनी कुमारले आत्महत्या गरेका छन् ।
भारतको हिमाञ्चल प्रदेशका पुलिस महानिर्देशक रहेका उनले बुधवार आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनले शिमलास्थित आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनी २००८ देखि २०१० सम्म सीबीआईका निर्देशक थिए । उनले ७० वर्षको उमेरमा आत्महत्या गरेका हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया