फिनल्याण्डमा एकदिनका लागि बनाईयो १६ वर्षीया किशोरीलाई प्रधानमन्त्री

काठमाडौं । फिनल्याण्ड लैंगिक समानताका लागि उत्कृष्ट देशमा पर्दछ ।

यसैबीच त्यहाँकी प्रधानमन्त्री सन्ना मरिनले हालै त्यसको थप एक उदाहरण प्रस्तुत गरेकी छन् ।

उनले १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी छन् । पद हस्तान्तरण गर्दै मरिनले उदाहरणीय कदम चालेकी हुन् ।

आभा मुर्तो नामकी ती किशोरी बुधवारका लागि प्रधानमन्त्री बनाइएकी हुन् । तर उनले कुनै नयाँ निर्णय गर्ने वा कानून बनाउने छैनन् ।

उनलाई प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने छुट दिइएको छ ।

संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’का लागि फिनल्याण्डले यस्तो कार्यक्रम आयोजना गरेको हो ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?